मुख्यमन्त्रीले असम मेडिकल कलेजको स्थापना दिवसको शुभकामना दिए
The image shared by Assam CM Dr Himanta Biswa.


गुवाहाटी, ०3 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले असम मेडिकल कलेज एवं अस्पताल (एएमसीएच), डिब्रुगढ़को स्थापना दिवसमा चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी एवं राज्यवासीहरूलाई हार्दिक शुभकामना दिए।

मङ्गलवार सामाजिक सञ्जालमा सन्देश जारी गर्दै मुख्यमन्त्रीले भने, सन् 1947- मा स्थापना भएको पूर्वोत्तरको पहिलो मेडिकल कलेजले दशकौँदेखि असमको स्वास्थ्य सेवालाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। यस ऐतिहासिक संस्थाले बिरामीहरूको सेवा गर्नुका साथै हजारौँ दक्ष चिकित्सकहरू तयार पारिसकेको छ भने देशमा चिकित्सा विज्ञानको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिएको छ।

उनले भने, यस गौरवशाली विरासतलाई अगाडि बढाउँदै असमले आधुनिक स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ अध्यायको शुरुवात गरिरहेको छ। जिल्ला स्तरमा नयाँ मेडिकल कलेजहरूको विस्तार, एम्स गुवाहाटी जस्ता राष्ट्रिय संस्थानहरूको स्थापना, विश्वस्तरीय क्यान्सर उपचार केन्द्रहरूको विकास अनि आधुनिक स्वास्थ्य सुविधाहरूको विस्तारको माध्यमबाट राज्यमा स्वास्थ्य सेवाहरू सुदृढ़ भइरहेका छन्।

मुख्यमन्त्रीले खाँचोमा परेका मानिसहरूको सेवा गर्ने र हरेक नागरिकलाई राम्रो चिकित्सा सेवा प्रदान गर्ने सरकारको सङ्कल्पलाई दोहोऱ्याए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande