गुवाहाटीको होटल विलास इनमाकाण्डका आरोपी घनकान्तालाई अदालतले जेलमा पठायो
गुवाहाटीः गोलीबारी में जान गंवाने वाली होटल की मालिकीन, पुत्र, एवं बहु की फाइल फोटो


गुवाहाटी, ०3 नोभेम्बर (हि.स.)। गुवाहाटीको एक अदालतले होटल विलास इनमा भएको गोलीकाण्डमा पाँच जना मानिसहरूको हत्याका मुख्य अभियुक्त घनकान्त गोगोईलाई जेलमा पठाएको छ। आज कामरूप महानगर जिल्लाका मुख्य न्यायिक मेजिस्ट्रेट (सीजेएम)- को अदालतले घनकान्तलाई जेलमा थुन्ने आदेश दियो।

उल्लेखनीय छ, घनकान्त गोगोईको सात दिनको पुलिस हिरासत आज समाप्त भएको थियो। त्यसपछि अभियुक्तलाई अदालतमा पेश गरियो। अदालतको आदेशपछि अभियुक्तलाई जेलमा पठाइयो।

स्मरणीय छ, गत 26 अक्टोबर, 2026- को राती करिब 9 बजे होटल विलास इनमा गोलीकाण्ड भएको थियो। उक्त गोलीकाण्डपछि पुलिसले कारबाही गर्दै राती लगभग 10 बजे नै अभियुक्त घनकान्तलाई पक्राउ गरेको थियो।

घनकान्तले चलाएको गोलीकाण्डमा भुदेव भराली (65), हेलेना भराली (58), देवर्षी कश्यप (39), रिनिकी कश्यप (30) र नारायण दास (48)-को मृत्यु भएको थियो। यीमध्ये भुदेव भराली र नारायण दासको घर बारपेटामा छ। हेलेना भराली, देवर्षी कश्यप र रिनिका कश्यप हाल गुवाहाटीको नवीन नगरका बासिन्दा थिए, तथापि तिनीहरू पनि मूल रूपमा बारपेटाकै थिए। गोली लागेर घाइते भएका सत्येन्द्र पाठक (43) बारपेटाका बासिन्दा हुन्। उनको अहिले गुवाहाटी मेडिकल कलेज एवं अस्पताल (जीएमसीएच)- मा उपचार भइरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande