
नयाँ दिल्ली, ०3 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मङ्गलवार सिभिल लाइन्सस्थित सन्त परमानन्द अस्पतालमा नवनिर्मित आईभीएफ सेन्टरको उद्घाटन गरिन्। उनले भनिन्, आधुनिक चिकित्सा प्रविधि र विशेषज्ञ सेवाहरू भएको यो सेन्टर अनेकौं परिवारहरूको जीवनमा नयाँ आशा र खुशी ल्याउने माध्यम बन्नेछ।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल पोस्टमा भनिन्, दिल्लीमा स्वास्थ्य सुविधाहरूको निरन्तर विस्तार तथा आधुनिक चिकित्सा सेवाहरूको बढ्दो उपलब्धता स्वागतयोग्य छ। यो नयाँ पहलको लागि डाक्टर एवं सन्त परमानन्द अस्पतालको सम्पूर्ण टोलीलाई हार्दिक बधाई अनि शुभकामना।
उल्लेखनीय छ, सन्त परमानन्द अस्पताल दिल्लीको मध्य भागमा अवस्थित 153 पलङयुग्त बहु-विशेषता अस्पताल हो। केवल 13 वर्षमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिष्ठित डाक्टरहरूको टोलीसँग अस्पतालले स्वास्थ्य सेवा क्षेत्रको उत्कृष्ट संस्थानहरूमध्ये एकको रूपमा प्रतिष्ठा कमाइसकेको छ। अस्पतालमा कुनै पनि प्रकारको शल्यक्रिया वा रोगको लागि सबै चिकित्सा सुविधाहरू उपलब्ध छन् भने अस्पतालको प्रमुख फोकस क्षेत्रहरूमा संयुक्त प्रतिस्थापन शल्यक्रिया, आघात, गहन हेरचाह, आँखाको हेरचाह, उच्च जोखिम प्रसूति एवं प्रसव केन्द्रहरू समावेश छन्।
सन्त परमानन्द अस्पताल एक समाज आधारित संस्था हो जुन मानवताको सेवाको लागि प्रतिबद्ध छ। वञ्चितहरूप्रति हाम्रो प्रतिबद्धता सदैव हाम्रो प्राथमिकता रहिआएको छ। योअस्पताल निःशुल्क नेत्र शिविर, पोलियो खोप कार्यक्रम तथा निःशुल्क ओपिडी र आपतकालीन सेवाहरूको साथमा धेरै परोपकारी स्वास्थ्य सेवाहरूमा सक्रिय रूपमा संलग्न छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा