
गुवाहाटी, ०3 नोभेम्बर (हि.स.)। असम राज्य निर्वाचन आयोगले मिसिङ्ग स्वायत्त परिषद् (एमएसी) को वर्ष 2026- को आम चुनाउको कार्यक्रम घोषणा गरेको छ। यस अन्तर्गत आगामी नोभेम्बर 30- मा परिषद्का सबै 40 वटा निर्वाचन क्षेत्रहरूमा मतदान हुनेछ।
आयोगले मङ्गलवार जारी गरेको चुनाउ कार्यक्र्म अनुसार 3 नोभेम्बरमा चुनाउ अधिसूचना जारी गरिएको छ। उम्मेद्वारहरूले नोभेम्बर 10 सम्ममा नामाङ्कन दर्ता गर्न सक्नेछन्। नामाङ्कन पत्रको छानबिन नोभेम्बर 12- मा हुनेछ भने उम्मेद्वारी फिर्ता लिने अन्तिम मिति नोभेम्बर 16 तय गरिएको छ। उम्मेदवारको अन्तिम सूची सोही दिन सार्वजनिक गरिनेछ।
निर्धारित अनुसार आगामी 30नोभेम्बरको दिन बिहान 7.30 बजेदेखि साँझ 4 बजेसम्म मतदान हुनेछ। आवश्यक परेमा पुनः मतदान दिसम्बर 1- मा हुनेछ। मतगणना 3 दिसम्बरको बिहान 8 बजे शुरु हुनेछ। सम्पूर्ण निर्वाचन प्रक्रिया दिसम्बर 5 सम्ममा सम्पन्न हुनेछ।
सार्वजनिक बिदा बाहेक कार्यदिनमा बिहान 11 देखि दिउँसो 3 बजेसम्म नामाङ्कन पत्र स्वीकार गरिने आयोगले जनाएको छ।
यस चुनाउमा मोठ 6,35,493 मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। यसमा 3,17,297 पुरुष, 3,18,194 महिला एवं अन्य दुई श्रेणीका मतदाताहरू समावेश छन्। मतदानको लागि 1,032 मतदान केन्द्रहरू स्थापना गरिनेछ।
परिषद्का 40 वटा निर्वाचन क्षेत्रहरूमध्ये 28 वटा अनुसूचित जनजातिका लागि, 7 वटा महिलाका लागि अनि 5 वटा निर्वाचन क्षेत्र अनारक्षित राखिएको छ।
नामाङ्कन दर्ता गर्ने अन्तिम मितिसम्म मतदान सूचीमा नयाँ मतदाताहरूको नाम सामेल गर्ने प्रक्रिया जारी रहने आयोगले स्पष्ट पारेको छ। प्रत्येक उम्मेद्वारका लागि निर्वाचन खर्चको अधिकतम सीमा दुई लाख रुपियाँ तोकिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा