रेलवे ट्रयाकको किनारमा अज्ञात महिलाको शव भेटियो
घटना स्थल पर उपस्थित रेलवे अधिकारी


पश्चिम मेदिनीपुर, ०3 नोभेम्बर (हि.स.)। मेदिनीपुर जिल्लाको दाँतनमा मङ्गलवार बिहान रेलवे ट्र्याकको छेउमा एकजना अज्ञात महिलाको शव फेला पऱ्यो जसले गर्दा यस क्षेत्रमा चिन्ताको माहोल उत्पन्न गरेको छ। मनोहरपुर रेलवे गेट नजिकै दक्षिण-पूर्वी रेलवेको तेस्रो लाइनको छेउमा शव फेला परेको हो।

स्थानीय मानिसहरूले भने, मङ्गलवार बिहान मनोहरपुर ग्राम पञ्चायत क्षेत्रको ठूलो पुल नजिकै रेलवे ट्र्याकमा एकजना महिला लड़िरहेको देखियो। यो खबर फैलिए लगत्तै मानिसहरूको ठूलो भीड़ घटनास्थलमा जम्मा भयो। पछि रेलवे पुलिस (जीआरपी)- लाई सूचित गरियो।

सूचना पाएपछि जीआरपीको टोली घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गऱ्यो। अहिलेसम्म मृतकाको पहिचान हुन सकेको छैन। जीआरपीले शवलाई कब्जा गरी आवश्यक कानुनी प्रक्रिया शुरु गरेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande