लैलापुर चेकिङ्ग पोइन्टमा 19,400 याबा ट्याब्लेट जफत, दुई जना पक्राउ
Image of the Seized Yaba Tablets At Lailapur Checkpoint In Assam and Two Arrested Accused.


कछार (असम), ०3 नोभेम्बर (हि.स.)। असमको कछार जिल्लामा सञ्चालित लागू औषधि विरोधी अभियान अन्तर्गत पुलिसले लैलापुर नाका चेकिङ्ग पोइन्टमा एउटा वाहनबाट 19,400 याबा ट्याब्लेट जफत गऱ्यो। यस सम्बन्धमा दुई जनालाई पक्राउ गरिएको छ।

कछार पुलिस अधीक्षकले आज दिएका आधिकारिक जानकारी अनुसार धोलाई थाना अन्तर्गत लैलापुर नाका चेकिङ्ग पोइन्टमा जाँच गर्ने क्रममा एएस-18एसी-4435 नम्बरधारी वाहनलाई रोकियो जसको जाँच गर्दा वाहनमा बनाइएको गोप्य च्याम्बरबाट याबा ट्याब्लेट 19,400 बरामद गरियो।

यस मामिलामा पक्राउ परेका दुई अभियुक्तलाई मतासिन अली मीरा र अब्दुल अहद लस्करका रूपमा पहिचान गरिएको छ। मातसिन अली मीराले वाहन चलाइरहेका थिए। दुवै कछार जिल्लाको धौलाई थाना अन्तर्गत राजागोबिन्दपुर गाउँका बासिन्दा हुन्।

प्रारम्भिक जानकारी अनुसार वाहन मिजोरमबाट आइरहेको थियो। यस मामिलामा पुलिसले कानुनी कारबाही शुरू गरेको छ। लागू औषधि तस्करीमा संलग्न ब्याक-एण्ड फ्रन्ट नेटवर्कको पत्तो लगाउन अनुसन्धान जारी छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande