
कोलकाता, ०7 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शनिवार प्रख्यात स्वतन्त्रता सेनानी, लेखक, समाज सुधारक औ ओजस्वी वक्ता विपिन चन्द्र पालको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्रीले बिहान एक्समा एउटा सन्देश साझा गरी उनको योगदानलाई स्मरण गरे।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो सन्देशमा लेखे, प्रख्यात बङ्गाली वक्ता, लेखक, समाज सुधारक एवं स्वतन्त्रता सेनानी विपिन चन्द्र पालको जन्मजयन्तीमा उनलाई विनम्र श्रद्धाञ्जली।
विपिन चन्द्र पालको जन्म 7 नोभेम्बर, 1858-मा तत्कालीन ब्रिटिश भारतको सिलहट जिल्लामा भएको थियो जुन वर्तमानमा बङ्गलादेशभित्र पर्छ। भारतीय स्वतन्त्रता आन्दोलनमा उनको महत्वपूर्ण योगदान रहेको छ। उनी लाला लाजपत राय र बाल गङ्गाधर तिलकसँग प्रसिद्ध लाल-बाल-पाल त्रिमूर्तिका प्रमुख सदस्य थिए। यी त्रिमूर्तिले ब्रिटिश शासनविरुद्ध राष्ट्रिय आन्दोलनलाई नयाँ दिशा दिनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
विपिन चन्द्र पाल स्वराज र पूर्ण राजनीतिक स्वतन्त्रताको प्रखर समर्थक थिए। उनले मानिसहरूलाई विदेशी सामान बहिष्कार गर्न, स्वदेशी अपनाउन र राष्ट्रिय शिक्षालाई प्रवर्द्धन गर्न प्रेरित गरे। उनले सन् 1905- मा बङ्गाल विभाजन विरोधी आन्दोलनमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।
उनी एकजना स्वतन्त्रता सेनानी मात्हीर नभएर एकजना कुशल पत्रकार, लेखक औ प्रभावशाली वक्ता समेत थिए। उनले आफ्नो लेखनी र भाषणको माध्यमबाट राष्ट्रिय चेतना जगाउने काम गरे। सामाजिक कुरीति औ जातिगत भेदभावको विरोधमा पनि उनले आवाज उठाए।
20 मई, 1932-मा उनका निधन भयो। भारतीय स्वतन्त्रता सङ्ग्राम र सामाजिक सुधारको क्षेत्रमा उनको योगदानलाई आज पनि स्मरण गरिन्छ।
/ बिशाल