
गान्तोक, 07 नोभेम्बर (हि.स.)। भारतका रक्षामन्त्री राजनाथ सिंह दीपावलीको अवसरमा सिक्किम आउने भएका छन्। उनले देशको सीमा क्षेत्रको रक्षाका लागि तैनाथ भारतीय सेनाका जवानहरुसँग दीपावली मनाउने भएका छन्।
रक्षामन्त्री सिंहले एक्समा जानकारी दिँदै लेखेका छन्, 'दीपावलीको पूर्वसन्ध्यामा दार्जिलिङको बागडोगरा विमानस्थल र सिलगढीको सुकनामा तैनाथ भारतीय सेनाका जवानहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछु।'उनले अझ भने, 'भोलि (८ नोभेम्बर), अर्थात् दीपावलीका दिन म सिक्किमस्थित शेरेथाङ युद्ध स्मारक पुगेर राष्ट्र सेवाका क्रममा आफ्नो सर्वोच्च बलिदान दिने वीर सपूतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नेछु। साथै, यस क्षेत्रमा तैनाथ हाम्रा सैनिकहरूसँग पनि भेटघाट गरी उनीहरूसँग संवाद गर्नेछु।'
---------------
हिन्दुस्थान समाचार / बिशाल