
गान्तोक, 07 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले तिहारको अवसरमा सम्पूर्ण सिक्किमवासीहरूलाई सुख, समृद्धि, उत्तम स्वास्थ्य र असीम खुशीको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
आफ्नो शुभकामना सन्देशमा राज्यपालले सिक्किममा दीपावली तथा तिहार (लक्ष्मीपूजा र भाइटीका) को पर्व दीप प्रज्वलन गर्ने उत्सवमा मात्र सीमित नरहेको उल्लेख गर्दै यो बहुसांस्कृतिक समाजमा आपसी सम्मान, शान्ति र एकतालाई अझ सुदृढ बनाउने माध्यम रहेको बताएका छन्।
उनले माता महालक्ष्मीको आशीर्वादले प्रत्येक नागरिकको जीवनमा सकारात्मक ऊर्जाको सञ्चार गरोस् तथा दीपहरूको यो पावन पर्वले प्रत्येक घर-आँगनलाई समृद्धिको प्रकाशले उज्यालो बनाओस् भनी प्रार्थना गरेका छन्।
राज्यपालले सिक्किमको पर्यावरण संरक्षणलाई अक्षुण्ण राख्न सबै नागरिकलाई यस पावन पर्व पर्यावरणमैत्री तथा सुरक्षित तरिकाले मनाउन पनि आग्रह गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल