डिब्रुगढ़मा ग्यास पाइपलाइनमा भीषण आगलागी: दुई जना कर्मचारीहरूको मृत्यु, पाँच जना गम्भीर घाइते
Image of the Fire At Oil India Station In Tengakhat.


डिब्रुगढ़ (असम), 07 नोभेम्बर (हि.स.)। असमको डिब्रुगढ़ जिल्लाको टेङ्गाखाटमा आईटीएफ ग्यास पाइपलाइनमा भएको भयानक आगलागीको घटनामा दुई जना कर्मचारीहरूक मृत्यु भयो भने अन्य पाँच जना गम्भीर रूपमा घाइते भए। सबै घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

प्राप्त जानकारी अनुसार गए शुक्रवार भएको यस दुर्घटनामा राजु दत्त नामक कर्मचारीको आगोमा जलेर घटनास्थलमै मृत्यु भयो भने गम्भीर रूपमा घाइते तपस गोगोईको शनिवार बिहान लगभग 3 बजे अस्पतालमा उपचारको क्रममा मृत्यु भयो।

घटना हुँदा पाइपलाइनमा 9 जना कर्मचारीहरूले काम गरिरहेका थिए। तीमध्ये दुई जना कर्मचारीहरू आगोबाट सुरक्षित भाग्न सफल भए जबकि अन्य पाँच जना मानिसहरू गम्भीर रूपमा जलेर घाइते भएका छन् जसलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ।

यस दुर्घटनामा दुई जना कर्मचारीहरूको मृत्यु भएको पुष्टि भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande