मुख्यमन्त्री तामाङद्वारा विधायक सुदेश कुमार लिम्बूलाई जन्मदिनको शुभकामना
मुख्यमन्त्री तामाङद्वारा विधायक सुदेश कुमार लिम्बूलाई जन्मदिनको शुभकामना


गान्तोक, 07 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले विधायक सुदेश कुमार लिम्बूलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै विधायक लिम्बूको समर्पित सेवा र नेतृत्वले राज्यको विकास, प्रगति तथा समृद्धिका लागि निरन्तर प्रेरणा प्रदान गरिरहोस् भन्नेm कामना गरेका छन्।

उनले विधायक लिम्बूको आगामी वर्ष सुखद, सफलतापूर्ण तथा उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छासमेत व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande