
गान्तोक, 07 नोभेम्बर (हि.स.)। सिङ्ताम पुलिसले लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा सञ्चालन गरेको कारबाहीमा एक व्यक्ति पक्राउ परेका छन्।
पुलिसले प्राप्त विश्वसनीय सूचनाका आधारमा पुलिस निरीक्षक किशोर कुमार छेत्रीको निर्देशन तथा निगरानीमा पुलिस टोली परिचालन गरी एउटा सवारीसाधनलाई रोक्यो।
सवारीसाधनको जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध बरामद भएपछि चालक २८ वर्षीय रोहन राईलाई पक्राउ गरिएको पुलिस जनाएको छ। उनी पश्चिम बङ्गालको २० माइल, लोअर कन्दुङ निवासी हुन्।
घटनाको सम्बन्धमा सिङ्ताम पुलिस थानामा सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ। बरामद लागुऔषधको स्रोत, गन्तव्य तथा यस अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूबारे पत्ता लगाउन थप जाँच भइरहेको पुलिसले जनाएको छ।
सिङ्ताम पुलिसले लागुऔषध कारोबार नियन्त्रणका लागि निरन्तर निगरानी र कारबाही जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै लागुऔषधमुक्त समाज निर्माणका लागि आम नागरिकसँग सहयोगको अपील गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल