आकर्षी कश्यप जर्मन ओपन सुपर 300 को मुख्य ड्रमा प्रवेश
आकर्षी कश्यप


नयाँ दिल्ली, 25 फरवरी (हि.स.)। भारतीय शटलर आकर्षी कश्यपले मंगलबार जर्मन ओपनमा सुपर 300 ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ उत्कृष्ट प्रदर्शन गर्दै मुख्य ड्रमा स्थान सुरक्षित गरेकी छन्।

विश्व वरीयतामा ६२औं स्थानमा रहेकी आकर्षीले क्वालिफायर खेलमा चिनियाँ ताइपेकी ली यू–ह्सुआनलाई 21-10, 21-15 को सोझो सेटमा पराजित गरिन्। खेलभरि आकर्षीकै नियन्त्रण कायम रह्यो।

अब मुख्य ड्रमा उनको सामना चिनियाँ ताइपेकी अर्की खेलाडी हुआंग यू-ह्सुनसँग हुनेछ।

२,५०,००० अमेरिकी डलर पुरस्कार राशिको यस प्रतियोगितामा भारतका अनुभवी शटलर किदांबी श्रीकांत र विश्व जुनियर च्याम्पियनसिपकी रजत पदक विजेता तन्वी शर्मा पनि सहभागी छन्।

खेलको शुरुआत ली यू-ह्सुआनले सकारात्मक ढंगले गरेकी थिइन्, तर 4-4 को बराबरीपछि आकर्षीले लगातार अंक जोड्दै 9-4 र त्यसपछि 16-8 को अग्रता बनाइन्। उनले पहिलो गेम सहज रूपमा जितिन्।

दोस्रो गेममा लीले केही चुनौती प्रस्तुत गर्दै 8-14 बाट फर्किएर स्कोर 12-14 पुर्याइन्। तर आकर्षीले उनलाई पुनरागमनको अवसर नदिई सोझो सेटमा जित निकाल्दै मुख्य ड्रॉमा स्थान पक्का गरिन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande