
कोलकाता, 16 मार्च (हि.स.)। पश्चिम बंगालमा हुन गइरहेको आगामी विधानसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा)-को जीत हुने दाबी पार्टी नेता दिलीप घोषले गरेका छन्।
सोमवार बिहान कोलकातामा पत्रकारहरूसित बातचित गर्दै दिलीप घोषले भने, भारत निर्वाचन आयोगलाई भरोसा छ कि चुनाउ शान्तिपूर्ण ढंगमा सम्पन्न हुनेछ। उनले भने, “हामी पनि आश्वस्त छौं कि मतदान शान्तिपूर्ण ढंगमा हुनेछ।”
दुई चरणमा चुनाउ गराउने प्रश्नमा घोषले भने, गर्मीको मौसममा केही चरणमा चुनाउ हुनाले आम मानिसहरूलाई समस्या हुनेछैन। उनले भने, चुनाउलाई लामो तन्कायो भने समस्या बढ़्छ।
घोषले यो पनि दाबी गरे, यसपालिको विधानसभा चुनाउमा भाजपाले जीत हासिल गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा