
कोलकाता, 16 मार्च (हि.स.)। कोलकाता सहित दक्षिण बंगालका केही जिल्लाहरूमा हुरी-बतास आउने सम्भावना व्यक्त गरिएको छ। अलिपुर मौसम विभागले बताएको छ, कतिपय जिल्लाहरूमा तीव्र आँधी चल्नसक्छ जसको 70 प्रतिकिलोमीटर प्रतिघण्टा पुग्नसक्छ। तथापि कुनै पनि क्षेत्रमा वर्षा हुने सम्भावना छ।
मौसम विभाग अनुसार उत्तर बंगालका जिल्लाहरूमा भारी वर्षा जारी रहने सम्भावना छ भने दक्षिण बंगालका केही जिल्लाहरूमा कालबैशाखी जस्तो स्थिति बन्नसक्छ। साथै दक्षिण बंगालको लागि असिना पानी आउने चेताउनी जारी गरिएको छ।
कोलकाता समेत दक्षिण बंगालका अन्य जिल्लाहरूमा पनि छुटपुट रूपमा हुरी-बतास आउने सम्भावना छ। सोमवार बिहान कोलकाताको न्यूनतम तापमान 23.2 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 0.6 डिग्री अधिक हो।
मौसम विभागले अनुमान व्यक्त गरेको छ, कोलकातामा सोमवार साँझ वा अबेर साँझ भारी वर्षा हुने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा