
बाँकुड़ा, 16 मार्च (हि.स.)। पश्चिम बंगालको बिष्णुपुर तथा वरपरका क्षेत्रहरूमा गए आइतवार अबेर साँझ अचानक आएको कालबैसाखी तूफानले जनजीवनलाई पूर्ण रूपले प्रभावित पाऱ्यो। तीव्र हावा र वर्षाले घर, रूख तथा बिजुली व्यवस्थालाई तहस-नहस पारिदियो।
प्राप्त जानकारी अनुसार भड़ा गाउँ निवासी तापस पालले आइतवार साँझ आफ्नो ठेलामा घुघनी बेचिरहेका थिए। अचानक मौसम खराब भएपछि उनले नजिकैको एउटा शेडमा सरण लिए। दुर्भाग्यवश तीव्र हावाले शेडलाई भत्काइदियो जसको अवशेषहरूमा पुरिएर तापसको घटनास्थलमै मृत्यु भयो।
तूफानले बिजुली व्यवस्थालाई पूर्ण रूपमा बर्बाद बनाइदियो। केही ठाउँहरूमा बिजुलीको तार चुँड़िएको छ। गए आइतवार राती अधिकांश मानिसहरू अँध्यारोमा बस्न बाध्य भए भने सोमवार पनि क्षेत्रमा बिजुली बहाल हुन सकेन। बिजुली नभएको कारमले घरहरूमा पानीको सप्लाई पनि प्रभावित भएको छ।
स्थानीय ग्रामीणहरूले बिजुली विभागको कारबाहीमाथि असन्तोष व्यक्त गरिरहेका छन्। विभागको भनाइ छ, मरम्मत कार्य चलिरहेको छ। विभिन्न स्थानहरूमा एकसाथ तार चुँड़िएको कारणले मरम्मत गर्न समय लागिरहेको छ। कार्य जारी छ, तर व्यापक नोक्सान भएको कारणले बिजुली बहाल हुनमा समय लाग्नसक्छ। प्रशासनले मानिसहरूसित अपील गरेको छ, चुँड़िएको बिजुलीका तारहरू तथा अवशेषहरूदेखि टाड़ा बसियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा