खड़गपुर सीटमा दिलीप घोष र प्रदीप सरकारमाझ चुनावी भिड़न्त हुनेछ
खड़गपुर सीटमा दिलीप घोष र प्रदीप सरकारमाझ चुनावी भिड़न्त हुनेछ


खड़गपुर, 18 मार्च (हि.स.)। खड़गपुरमा यसपालि दुई पूर्व विधायकहरूमाझ अत्यन्त चाखलाग्दो प्रतिस्पर्धा हुनेछ। भाजपाले गत सोमवार नै दिलीप घौषलाई मैदानमा उतारिसकेको छ भने गए मंगलवार तृणमूल कंग्रेसले पनि ‘बाड़ीर छेले’ (धरती पुत्र) प्रदीप सरकार उपनाम खोकनलाई उम्मेद्वार घोषणा गरेको छ। उम्मेद्वार बन्नसाथ प्रदीप सरकारले भाजपामाथि धारिलो प्रहार गर्दै भने, दिलीप घोष कुनै फ्याक्टर होइनन्।

पछिल्लो 2019 सालको उपचुनाउमा प्रदीप सरकारले भाजपाका प्रेमचन्द झालाई लगभग 20 हजार भोटले परास्त गरेका थिए। तथापि 2021-सालको चुनाउमा उनलाई भाजपा उम्मेद्वार हिरण्यम च्यटर्जीबाट लगभग 38 हजार भोटले हारको सामना गर्नुपऱ्यो। तथापि तृणमूलले एकपटक फेरि उनीमाथि भरोसा देखाेको छ।

अर्कोतिर दिलीप घोषले वर्ष 2016- मा खड़गपुर सदर सीटबाट पहिलो पटक चुनाउ जितेर आफ्नो राजनीतिक यात्राको मजबुत शुरूआत गरेका थिए। त्यसताक उनी नयाँ अनुहारको रूपमा राष्ट्रिय स्वयंसेवक संगको पृष्ठभूमिमा उदाउँदै नयाँ टीम तथा तीव्र ऊर्जाको साथमा मैदानमा उत्रेका थिए भने जीत पनि दर्ता गरेर सबैको ध्यानाकर्षण गरेका थिए। त्यसपछि वर्ष 2019-को लोकसभा चुनाउमा पश्चिम मेदिनीपुरबाट सांसद भएर उनले आप्नो राजनीतिक पकड़लाई अझ दह्रिलो बनाए। तर वर्ष 2024-को लोकसभा चुनाउमा बर्धमान-दुर्गापुर सीटबाट उनलाई हारको सामना गर्नुपऱ्यो जसबाट उनको चुनावी यात्रामा एउटा महत्वपूर्ण मोड़ पनि आयो।

अब खड़गपुरमा दिलीप बनाम प्रदीपको सोझो भिड़न्त हुनेछ। राजनीतिक विश्लेषकहरूको मान्यता छ, भिड़न्त कड़ा र काँड़ेदार हुनसक्छ। प्रदीपले एकातिर आफूलाई ‘खड़गपुरको छोरा’ बताउँदै भने, यहाँंका मानिसहरूले आफ्नै छोरालाई रूचाउँछन्। उनले यो पनि प्रश्न उठाए, दिलीप घोषले क्षेत्रको विकासको लागि के गरे?

यद्यपि दिलीप घोषले भने अहिलेसम्म प्रदीप सरकारमाथि सोझो हमला गरेका छैनन्। उनले यतिमात्र भने, तृणमूलले आफ्नो उम्मेद्वार उतारेको छ, तर खड़गपुरका जनता भाजपाको समर्थनमा छन्।

बुधवार बिहानदेखिकै खड़गपुरमा घोषको धेरैवटा कार्यक्रम तय छ। जानकारी अनुसार उनले शहरका प्रमुख मन्दिरहरूको दर्शन गर्नेछन् अनि आफ्ना सहयोगीहरूसित सहभोजमा पनि सामेल हुनेछन्। उनको बंगलोमा यस आयोजनको तयारी गरिएको छ जहाँबाट आगामी चुनावी रणनीति तय हुने संकेत छ।

दिलीप घोष सामु प्रदीप सरकारको उम्म्द्वारीको प्रश्नमा भाजपा जिल्ला सदस्य सुनिल यांडाले फोनमा भने, तृणमूलले आफ्नो हिसाबले खड़गपुरमा आफ्नो बलियो उम्मेद्वारलाई उतारेको छ भन्ने कुरामा कुनै दुईमत छैन। तर उनले मुख्यमन्त्रीले विशेष समुदायलाई लिएर हालैमा दिएको बयानमाथि प्रश्न उठाउँदै भने, के प्रदीपले सरकारले त्यो बयानलाई समर्थन गर्छन्? उनले भने, खड़गपुरको हिन्दू समाज ज्ञानी छ र आगामी चुनाउमा यसको जवाफ अवश्य दिनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande