खरसाङको वार्ड नम्बर 7 का दुईवटा बुथमा भागोप्रमोको बुथ कमिटीसँगै अमृत 2.0 काे निरीक्षण कमिटी गठन
बीजीपीएम बैठक


खरसाङ, 17 मार्च (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड 7 का बुथ नम्बर 203 अनि 204 को निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बुथ कमिटीसॅंगै अमृत 2.0 काे निरीक्षण कमिटी गठन गरिएको छ। पार्टी अध्यक्ष अनित थापाकाे निर्देशन अनुरुप खरसाङ टाउन कमिटीकाे पहलमा अमृत 2.0 परियोजनालाई सुचारु रूपमा देखरेख गर्न निरीक्षण कमिटी साथै आगामी विधान सभा चुनाउकाे निम्ति बुथ कमिटी गठन गर्न आज एक सभा सम्पन्न भयो।

वार्ड नम्बर 7 काे लोवर शेर्पा बस्ती ग्राम सुधार समितिको समिति भवनमा सभा सम्पन्न भयो। वार्डका वरिष्ठ सदस्य माेहन कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको सभामा खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीनले भागोप्रमोका नेतृत्वसँग परिचय गराए। यसरी नै सभासद श्याम शेर्पाले जीटीएका मुख्य कार्यपाल अनित थापाको कुशल नेतृत्वमा वार्ड नम्बर 7 मा भएका विकासमूलक कार्यहरूसँग सबैलाई अवगत गराए।

सभालाई महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाउ प्रभारी सबिता कार्की, अनि भागोप्रमो केन्द्रीय समिति सदस्य तथा खरसाङ विधान सभा क्षेत्रका चुनाउ प्रभारी समीरदीप ब्लोनले पनि सम्बोधन गरेका थिए। सभामा बुथ नम्बर 203 अनि 204 को निम्ति बुथ कमिटी पनि गठन गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande