आँधी हुरीले अप्पर सोनादाको चटकपुरमा चारवटा घर क्षतिग्रस्त
आँधी हुरीले अप्पर सोनादाको चटकपुरमा चारवटा घरहरु क्षतिग्रस्त


सोनादा, 17 मार्च (हि.स.)। सोमवार राति आएको भीषण हावाहुरीका कारण अप्पर सोनादा ग्राम पञ्चायत अन्तर्गत चटकपुर गाउँमा चारवटा घरहरु क्षतिग्रस्त भएको छ। हावा हुरीले चटकपुर गाउँमा आँचु शेर्पा, निमा शेर्पा, पास्तेम्बा शेर्पा र वाङदेन शेर्पाको घर क्षतिग्रस्त भएको छ।

उक्त क्षतिग्रस्त घरहरुको आज अप्पर सोनादा ग्राम पञ्चायत सचिव सुरज मोथे, पञ्चायत प्रधान दावा तामाङ, जीआरएस बिशन देवानले निरीक्षण भ्रमण गरी पीडित परिवारसँग भेटघाट गरेका छन्। यसका साथै, क्षतिको बारेमा उच्च अधिकारीलाई रिपोर्ट गरिएको जानकारी प्राप्त भएको छ।

हावा हुरीले धेरै बिजुलीका पोलहरूलाई पनि क्षति पुगेको छ। क्षेत्रमा विद्युत आपूर्ति पनि पूर्ण रूपमा अवरुद्ध भएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande