आँधी हुरीले क्षतिग्रस्त घरहरुको सभासद र पञ्चायत टोलीद्वारा निरीक्षण
आँधी हुरीले क्षतिग्रस्त घरहरुको सभासद र पञ्चायत टोलीद्वारा निरीक्षण


सोनादा, 17 मार्च (हि.स.)। सोमबार राति आएको आँधी हुरीले तीनधारे महानदी समष्टिको घैयाबारी ग्राम पञ्चायत दुई र शिवखोला ग्राम पञ्चायतका विभिन्न स्थानहरुमा भएको क्षय क्षतिको सभासद र पञ्चायत टोलीद्वारा निरीक्षण भ्रमण गरिएको छ। यस टोलीमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा, कर्माध्यक्ष साजन दर्जी, पञ्चायत सदस्य दिपेन्द्र प्रधान आदि उपस्थित थिए।

टोलीले शिवखोला ग्राम पञ्चायतको सिपाहीधुरामा दुईवटा क्षतिग्रस्त भएको घर, रंगटङ्गमा रुख ढलेर क्षतिग्रस्त घर, दुई नम्बर बस्तीको तीनवटा घर र तीनधारे चियाबारीको बन्दुके गाउँमा एउटा घर क्षतिग्रस्त भएको छ। टोलीले आँधी हुरीले क्षति पुर्याएको घरहरुको निरीक्षण गरेर रिपोर्ट तयार पारिएको र माथिल्लो तहमा बुझाउने कर्माध्यक्ष साजन दर्जीले बताएका छन्। साथै, पञ्चायतको तर्फबाट पोलिथिन प्रदान गरिएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande