
इम्फाल, 23 मार्च (हि.स.)। मणिपुर पुलिस एवं सुरक्षा बलले विगत 24 घण्टामा इम्फाल पश्चिम जिल्लामा प्रतिबन्धित संगठन प्रीपाक (प्रो) का एक सक्रिय कार्यकर्तालाई पक्राउ गरेको छ भने थौबल र चुराचन्दपुर जिल्लाहरूमा छुट्टाछुट्टै कारबाहीमा विस्फोटक पदार्थ र हतियारहरू जफत गरिएको छ।
मणिपुर पुलिस मुख्यालयले बतायो, पक्रा परेको व्यक्तिको पहिचान थौदम जोन ज्याक्सन सिंह (42) को रूपमा गरिएको छ, जो सिंगजामेई थाना अन्तर्गत अहोङशाङबम लीकाईको सिंगजामेई लिवा रोडको निवासी हो। लक्षित कारबाहीको क्रममा उलाई उसको घरबाट पक्राउ गरियो। उदेखि एउटा मोबाइल फोन र सिम कार्ड जफत गरिएको छ।
अर्को घटनामा मणिपुर पुलिसले थौबल पुलिस स्टेशन अन्तर्गत थौबल बजार क्षेत्रबाट एउटा ह्यान्ड ग्रेनेड जफत गरेको छ। विस्फोटकलाई सुरक्षित गरिएको छ र थप अनुसन्धान भइरहेको छ।
यसबीच चुराचन्दपुर जिल्लाको के. गेलजाङ क्षेत्रमा संयुक्त खोजी अभियानको क्रममा हतियार र विस्फोटक पदार्थको भण्डार जफत गरिएको छ। जफत गरिएका समानहरूमा एउटा आरपीजी ग्रेनेड, तीन वटा 30 एमएम ग्रेनेड, एउटा 81 एमएम मोर्टार बम, एउटा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी), दुई वटा 40 एमएम ग्रेनेड, दुई वटा सिंगल-ब्यारेल राइफल र सात वटा जिउँदो 7.62 एमएम राउन्ड गोलाबारुद सामेल छ। सुरक्षा एजेन्सीहरूले अपरेशन जारी रहेको र जफत गरिएका समानहरूसँग जोड़िएको नेटवर्क पत्ता लगाउन थप अनुसन्धान भइरहेको बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी