
नयाँ दिल्ली, 23 मार्च (हि.स.)। दिल्ली विधान सभाको बजेट सत्र सोमवारदेखि शुरु भयो। सत्रको शुरूआतमा मुख्यमन्त्री सह वित्तमन्त्री रेखा गुप्ताले सदनमा आर्थिक सर्वेक्षण (2025-26) प्रस्तुत गरिन्।
बजेट सत्र शुरू हुनुभन्दा अघि विधानसभा परिसरमा परम्परागत खीर समारोह आयोजना गरियो। मुख्यमन्त्री रेखा गुप्ताले मन्त्रीहरू, विधायकहरू र विद्यार्थीहरूलाई खीर खुवाइन्। क्याबिनेट मन्त्रीहरू परवेश साहिब सिंह, आशिष सूद, मनजिंदर सिंह सिरसा र कपिल मिश्रा लगायत अन्य नेताहरू उपस्थित थिए।
मुख्यमन्त्री रेखा गुप्ताले यस अवसरमा सरकारको दोस्रो बजेट 2026-27 को बजेटले दिल्लीको विकासलाई गति दिने र यसका नागरिकहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले भनिन्, यो बजेटले राजधानीको समग्र विकासको लागि नयाँ दिशा प्रदान गर्नेछ।
यसअघि मुख्यमन्त्री रेखा गुप्ताले शहीद दिवसको अवसरमा दिल्ली विधान सभा परिसरमा रहेको शहीद-ए-आजम भगत सिंह, सुखदेव र राजगुरुको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिन्। उनले यी महान स्वतन्त्रता सेनानीहरूको साहस, बलिदान र देशभक्तिले भावी पुस्तालाई सधैं प्रेरणा दिने बताइन्।
हिन्दुस्थान समाचार / भवानी थामी