
इम्फाल, 23 मार्च (हि.स.)। मणिपुर पुलिसले थौबल जिल्लाको नोङपोक सेकमाई पुलिस थानान्तर्गत हाओखोङ क्षेत्रमा एक अभियानमा प्रतिबन्धित यूनाइटेड नेशनल लिबरेशन फ्रन्ट (यूएनएलएफ-कोइरङ) सित सम्बन्धित 14 क्याडरलाई पक्राउ गरेको छ।
मणिपुर पुलिस मुख्यालयले बताएको छ, आइतवार पक्रा परेका कार्यकर्ताहरूको पहिचान इम्फाल पश्चिमको खुम्बोङ माखा लीकाईका नामीराकापम कोन्डुम मेइतेई उर्फ लान्हेइबा (46), विष्णुपुरको चेयरन लेइङ्गाङ्गताबीका सोरोखैबम रोसेश उर्फ काङ्गलेइपुबा उर्फ किलो-आई (43); इम्फाल पूर्वको बामाओन लेकाई मांगे मखोङको ताखेलचाङबाम राजेन्द्रो शर्मा उर्फ खाबा (59); इम्फाल पूर्वको खुराई चिङ्गाम्बम लेइङ्गाका येलम रतन सिंह उर्फ खाम्बा (54); बिष्णुपुरको कुम्बी हाओटकका अहन्थेम रतन मेइतेई उर्फ शिरोई (30), खुरई थोंगम लीकाई, इम्फाल पूर्वको सोयम संजीव (42); कोडोमपोकपी ममंग लीकाई, इम्फाल पश्चिमको तोइजम करजीत सिंह (20); नगामुखोंग, थौबलको पुखरीहोंगबाम नोंगसाबा मैतेई उर्फ लाईदाबा (18); ताओबुंगखोक अवांग लीकाई, इम्फाल पश्चिमको कंघुजम माइसन मैतेई (17); न्यू कीथेलमनबी अवांग लीकाई, इम्फाल पश्चिमको थौदाम मुना मैतेई उर्फ इनाओ (19); खुरई कोनसम लीकाई, इम्फाल पूर्वको कोनसम बेबेटो मैतेई (28); कुम्बी हाओटक, बिष्णुपुरको वाहेंगबाम सन्तोष मैतेई (19); कोडोमपोकपी ममांग लीकाई, इम्फाल पश्चिमको क्षेत्रिमायुम डिक्सन सिंह (19) र इम्फाल पूर्वको ताखेल ममांग लीकाईको चिंगखम रोमेश सिंह उर्फ याईफाबा (30) को रूपमा गरिएको छ।
पुलिसले बतायो, अपरेशनको क्रममा दुईवटा इन्सास राइफल, आठ इन्सास लाइट मेसिन गन म्यागजिन, पाँच इन्सास राइफल म्यागजिन र 100 राउन्ड इन्सास गोलाबारुद जफत गरियो। यसका साथै 1 लाख रुपियाँ बराबरको नगदी, 12 वटा मोबाइल फोन, पाँच वटा हेलमेट, पाँच वटा झोला र चार वटा चारचक्के गाड़ी पनि जफत गरिएको छ।
अधिकारीहरूले संकेत गरे कि यी गिरफ्तारीहरूले इम्फाल उपत्यका र वरपरका क्षेत्रहरूमा समूहको स्थानीय सञ्जाललाई ठूलो धक्का दिन सक्छ। पक्रा परेका व्यक्तिहरूलाई हाल उनीहरूको भूमिका र हालका गतिविधिहरूमा सम्भावित लिङ्कहरू निर्धारण गर्न सोधपुछ भइरहेको छ। पुलिसले थप अनुसन्धान जारी रहेको बताएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी