
श्रीनगर, 23 मार्च (हि.स.)। कश्मीरका केही भागहरूमा युद्धग्रस्त ईरानको राहत कोषको लागि मानिसहरूले नगद, सुन र ताँबाको भाँड़ा सहित अन्य वस्तुहरू दान गरे। दानको लागि आभार व्यक्त गर्दै ईरानी दूतावासले एक पोस्टमा भने, दयालुताको यस कार्यलाई कहिल्यै भुलिनेछैन।
ईदको उत्साह मनाएको एक दिनपछि उपत्याकाका शिया बहुल क्षेत्रहरूका युवाहरूले ईरानमा पश्चिम एशिया युद्धबाट प्रभावित मानिसहरूको लागि घर-घरमा गएर चन्दा संकलन गरे। दान अभियानको अवधि रैनावारी निवासी एजाज अहमदले भने, इजरायलको जायोनी सरकार अनि उसका समर्थकहरूद्वारा ईरानमाथि थोपिएको यस अवैध युद्धले ठूलो विध्वंस भएको छ। सभ्य दुनियाँले ईरानका पीड़ित मानिसहरूलाई सहायता पठाउन त सक्छ नै।
अधिकारीहरूले बताए, यस दान अभियानमा पुरूष, महिला तथा बाल-बालिकाहरू सहित समाजका सबै वर्गका मानिसहरूले भाग लिए। उनीहरूले बताए, विशेष रूपमा महिलाहरूले अगाड़ी बढ़ेर उदारतापूर्वक सुनका आभूषण, ताँबाको भाँड़ा तथा अन्य मूल्यवान घरेलु सामानहरू दान गरेकाछन्।कतिपय परिवारले पशुधन समेत दान गरेका छन्।
दानका तस्वीरहरू साझा गर्दै ईरानी दूतावासले एक पोस्टमा भन्यो, कृतज्ञताले भरिएको हृदयले हामी कश्मीरका दयालु मानिसहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं जसले मानवीय सहायता तथा हार्दिक एकजुटताको माध्यमबाट ईरानका मानिसहरूलाई साथ दिए, यस दयालुतालाई कहिल्यै भुलिनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा