एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास


गान्तोक, 23 मार्च (हि.स.)। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आगामी सिक्किम आम नगरपालिका चुनाउ 2026 का लागि आफ्ना उम्मेदवारहरू घोषणा गरेका छन्। सिक्किम राज्य चुनाउ आयोगले सोमवार बिहान एक पत्रकार सम्मेलनमा नगरपालिका चुनाउ घोषणा गरेको थियो। एसकेएमले सोही दिन सॉंझ राज्यका सबै 9 शहरी स्थानीय निकायका लागि उम्मेदवारहरूको नाम घोषणा गरेका छन्।

एसकेएम प्रवक्ता जेकब खालिङले आगामी 24 अप्रेल, 2026 मा हुने आम नगरपालिका चुनाउका लागि एसकेएम पार्टीले उम्मेदवारहरूको नामलाई अन्तिम रूप दिइएको र घोषणा पनि गरिरहेको आज एक प्रेस बयानमा जानकारी गराएका छन्। उनले मुख्यमन्त्री तथा पार्टी अध्यक्ष प्रेमसिंह तामाङको व्यावहारिक र गतिशील नेतृत्वमा भारी जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले मुख्यमन्त्रीको दूरदर्शी नेतृत्व र सिक्किमेली जनताप्रतिको अटल समर्पणले राज्यका सबै क्षेत्रमा परिवर्तनकारी प्रगति ल्याएको उल्लेख गरेका छन्। सिक्किमे जनताको विश्वास र समर्थन फेरि एक पटक पूर्ण जनादेशमा परिणत हुनेछ भन्ने कुरामा उनले दृढ़ विश्वास व्यक्त गरेका छन्।

यसैगरी, प्रवक्ता खालिङले पार्टीका सबै प्रतिस्पर्धी उम्मेदवारहरू र समर्थकहरूलाई राज्य निर्वाचन आयोगको दिशानिर्देशन अनुसार आफ्नो अभियान सञ्चालन गर्न तथा निर्वाचन प्रक्रियाभरि शान्ति, सद्भाव, कानून र व्यवस्थालाई कायम राख्न अपील गरेका छन्। उनले यी उम्मेदवारहरूलाई जनताको आकांक्षा र भावना अनुरूप छनोट गरिएको बताउॅंदै निरन्तर प्रगति र सुशासनका लागि सम्पूर्ण नागरिकहरूलाई पूर्ण समर्थन प्रदान गर्न आह्वान पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande