
दरङ (असम), 23 मार्च (हि.स.)। असमको दरंग जिल्लाको दलगाउँ क्षेत्रमा सोमवार अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रण्ट (एआईयूडीएफ) का समर्थकहरूबीच हिंसक झड़प भएकोले क्षेत्रको माहोल तनाउपूर्ण भएको छ। यस अवधि केही वाहनहरूमा तोड़फोड़ गरियो साथै क्षेत्रमा कोकोहोलो मचियो।
घटना त्यसबेला भएको हो जतिबेला एआईयूडीएफका उम्मेद्वार मजिबुर रहमानले आफ्नो नामांकन पत्र दर्ता गरे। नामांकन दर्ता गरेको तुरून्तैपछि खारुपेटिया नगर बोर्ड कार्यालय सामु अचानक तनाउपूर्ण भयो जहाँ पार्टी समर्थकहरूबीच झड़प शुरू भयो।
प्रत्यक्षदर्शी अनुसार उग्र समर्थकहरूले केही वाहनहरूलाई नोक्सान पुऱ्याए। यस घटनाबाट स्थानीय मानिसहरूर भयभित भए अनि केही समयसम्म क्षेत्रमा सामान्य गतिविधि बाधित रह्यो। सूचना पाउनसाथ सुरक्षा बलले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। हाल स्थितिमाथि नजर राखिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा