
खरसाङ, 23 मार्च (हि.स.)। अखिल भारतीय नेवार सङ्गठन खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिरका सदस्यहरूसॅंग आज जीटीए प्रमुख कार्यपाल अनित थापाले बैठक गरे। बैठकमा थापाले श्री भिमेश्वर मन्दिर प्राङ्गणमा नेवार भवन निर्माण कार्य गर्न संगठन पक्षबाट विलम्ब भएकाले आजसम्म थाँतीमा रहेको जानकारी गराए।
उनले विधानसभा चुनाउपछि यस कार्यलाई लिएर कागजपत्र अघि बढाएर कार्यमा परिणत गर्ने दायित्व समितिको रहेको बताए। उनले आफ्नो तर्फबाट गरिनु पर्ने सहयोगका लागि आफु तत्पर रहेको बताउॅंदै यस कार्यमा अब विलम्ब हुनुहुँदैन भनी बताए।
यस भेटघाट कार्यक्रममा अभानेस केन्द्रिय समिति अध्यक्ष सूर्य नारायण प्रधान एवं खरसाङ आञ्चलिक समितिका सदस्यहरूको उपस्थिति रहेको समितिका सह सचिव दिपक प्रधानले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक