
सोनादा, 23 मार्च (हि.स.)। इण्डियन गाेर्खा जनशक्ति फ्रन्टको निम्न सिडर्स बुथ कमिटी विमान राईको सभापतित्वमा गठन गरिएको छ। उक्त बुथ कमिटी गठनलाई लिएर आज 17 नम्बर समष्टि रंगमुक सिडर्स मुण्डा जोन 2 अनि 18 नम्बर सोनादा पचेङ्ग समष्टि पर्यवेक्षक रमेश छेत्रीको विशेष उपस्थितमा सभा सम्पन्न भयो।
24/18 बुथ कमिटीमा सभापति शान्तिमान राई, उप सभापति शेखर जैरू, सचिव देउचन्द्र मोथे, सह सचिव नवीन राई कोषाध्यक्ष प्रकाश राई, प्रमुख सल्लाहकार मनबाहदुर राई र भिम राई चयन गरियो भने ट्रेड युनियन सभापति बिमान राईलाई चयन गरिएको छ।
सभामा खरसाङ महकुमा सांगठनिक सचिव शनि लोप्चन, नारी शक्ति संयोजिका संगिता छेत्री, रंगमुक सिडर्स मुण्डा सभापति तेनछिरिङ्ग तामाङ, सचिव रूपनारयण प्रधान, 18 नम्बर समष्टि सभापति सिद्धान्त थापा लगायत आठवटा बुथका प्रतिनिधिहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक