जीटीए प्रमुख अनित थापाले मङ्पूको अग्नि पीडित परिवारसित भेट गरे
जीटीए प्रमुख अनित थापाद्वारा मङ्पुको अग्नि पीडित परिवारसित भेटघाट


मङ्पू, 23 मार्च (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज मङ्पूको चौरास्ता भ्रमण गरेर राति आगलागीको चपेटमा परेर ध्वस्त भएको छवटा घरका पीडित परिवारहरूसॅंग भेट गरेका छन्। यस अग्निकाण्डमा पीडित परिवारहरूले आफूले लगाएको लुगाबाहेक अरु केही बचाउन नसकेको बताइएको छ।

जीटीए प्रमुखको भ्रमण अवधि स्थानीय खण्ड विकास अधिकारी पनि उपस्थित थिए। थापाले भने, खण्ड विकासले आग्जनीमा ध्वस्त भएका पीडितहरूका घर पुनर्निर्माण गर्न सहायता दिनेछ। उनले सरकारी सहायत पर्याप्त नहुने हुनाले घर पुनर्निर्माण गर्न आफुले पनि सहयोग गर्ने आश्वासन दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande