रोटरी क्लब खरसाङको वार्षिक कार्यक्रम सम्पन्न
रोटरी क्लब खरसाङको वार्षिक कार्यक्रम सम्पन्न


खरसाङ, 23 मार्च (हि.स.)। रोटरी क्लब खरसाङले स्थानीय कप्तान सुरज शर्मा पथ (बाईपास) स्थित एउटा होटलमा आफ्नो वार्षिक कार्यक्रम सम्पन्न गरेको छ। प्रत्येक वर्ष डिस्ट्रिक्ट गवर्नरको अधिकारिक भ्रमणको अवसरमा रोटरी क्लबले अफ्नो वार्षिक कार्यक्रम आयोजन गर्ने गरेको बताइएको छ।

समारोहमा क्लबका सदस्यहरू लगायत सेन्ट एन्थोनीस स्कूलका इन्टऱ्याक्टर क्लबका विद्यार्थीहरूले शिलङबाट आएका डिस्ट्रिक्ट गवर्नर डा. कामेश्वर सिंह इलाडबाम अनि एसिस्टेन्ट गवर्नर रोटरियन शोयता च्याटर्जीलाई स्वागत जनाए। क्लबका अध्यक्ष रोटरियन नोएल छेत्रीले आफ्नो स्वागत भाषणमा रोटरीको लक्ष्यतर्फ आफ्नो क्लनको प्रतिबद्धता स्थापित गर्नमा डिस्ट्रिक्ट गवर्नर र एसिस्टेन्ट गवर्नरको भूमिका प्रति आभार व्यक्त गरे।

क्लबका संस्थापक तथा वरिष्ठ सदस्य बालाराम राई अनि रोटरियन पासङ शेर्पालाई उनीहरूको लगातार सहयोग र प्रेरणाको निम्ति डा. इलाडबामको बाहुलीबाट नेपाली टोपी पहिराई सम्मान जनाइयो। सचिव रोटरियन प्रशान्त प्रधानले आफ्नो वार्षिक रिपोर्ट साथै एक पावर पोइन्ट प्रेजेन्टेशन प्रस्तुत गरी क्लबको क्रियाकलापबारे विस्तृत जानकारी गराए।

एसिस्टेन्ट गवर्नर शोयता च्याटर्जीले आफ्नो सम्बोधनमा क्लबका गतिविधिहरूको प्रशंसा गर्दै सदस्यहरूलाई आगामी दिनहरूमा गर्नुपर्ने कार्यहरूको निम्ति उत्साह प्रदान गरिन्। डिस्ट्रिक्ट गवर्नर डा. कामेश्वर सिंह इलाङबामले आफ्नो सम्भाषणमा रोटरीका मूल्यहरूप्रति क्लबको प्रतिबद्धता, सेवा, समर्पण र एकताको भावनादेखि आफू सन्तुष्ट र हर्षित बनेको बताए। उनले आवश्यकता परेको खण्डमा रोटरी क्लब खरसाङको निम्ति सदैव उपलब्ध रहने आश्वासन पनि दिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande