टोय ट्रेनको रूटमा पैह्रोको सामना गर्ने तयारी, प्री मनसून ड्राइभ शुरू
टोय ट्रेनको रूटमा पैह्रोको सामना गर्ने तयारी, प्री मनसून ड्राइभ शुरू


सिलगढ़ी, 23 मार्च (हि.स.)। मनसून आउन अब केही महिना बाँकी भए पनि दार्जीलिङ हिमालयन रेलवे (डीएचआर)-ले अहिलेबाटै टोय ट्रेनको रूटमा पैह्रोको सामना गर्ने तयारी शुरू गरेको छ। रेलवेद्वारा ‘प्री-मनसून स्पेशल ड्राइभ’ संचालन गरिँदैछ। यस अभियान अन्तर्गत सुकनादेखि लिएर दार्जीलिङसम्म फैलिएको पहाड़ी रेल मार्गमा निगरानी बढ़ाइएको छ। लगभग 87 किलोमीटर लामो ट्र्याकको निगरानीको लागि 60 जना कर्मचारीहरूलाई तैनाथ गरिएको छ जसले भिन्न-भिन्न स्टेशनहरूमा बाँड़िएर काम गरिरहेका छन्।

रेलवे सूत्र अनुसार पछिल्लो वर्षमा बारम्बार आएको पैह्रोलाई ध्यानमा राख्दै यो कदम उठाइएको हो। प्रत्येक कर्मचारीले दिनहुँ ट्र्याकमा पैदल निरीक्षण गर्नेछन्। यस अवधि कुनै पनि ठाउँमा चर्किएको, कमजोर भाग वा पैह्रो जानसक्ने आशंका भए तुरून्तै रिपोर्ट गर्नेछन्।

सामान्य संकेत पाउँदा पनि तुरून्तै अधिकारीहरूलाई जानकारी दिइनेछ जसपश्चात इञ्जीनियर विभागले घटनास्थलमा पुगेर आवश्यक मरम्मत, ट्र्याकको हेरचाह तथा ड्रेनेज सिस्टम सुधारको काम गर्नेछन्।

स्मरण गराइन्छ, हरेक वर्ष मनसून अवधि न्यू जलपाईगुड़ी स्टेशनदेखि सुकना, रंगटोंग र तीनधारे हुँदैै दार्जीलिङ जाने यस रूटमा पैह्रो आउनाले ट्रेन सेवा बारित हुन्छ। यसले गर्दा डीएचआरलाई कैयौं पटक प्रश्नहरूको सामना गर्न परेको छ।यसको यूनेस्को हेरिटेज पहिचानलाई कायम राख्न पनि चुनौती भएको छ।

डीएचआरका डाइरेक्टर ऋषभ चौधरीले बताए, प्री-मानसून ड्राइभ शुरू गरिएको छ। स-सानो पैह्रोको सामना गर्नको लागि पहिलाबाटै तयारी गरिँदैछ भने ठूलो पैह्रोको स्थितिमा पनि द्रूत गतिमा स्थितिलाई सामान्य बनाउनको लागि टीमलाई तयार राखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande