एडीपीसीले सीएपीएफसित चुनावी रणनीतिलाई लिएर समन्वय बैठक गऱ्यो
एडीपीसीले सीएपीएफसित चुनावी रणनीतिलाई लिएर समन्वय बैठक गऱ्यो


आसनसोल, 23 मार्च (हि.स.)। आसनसोल जयपुर पुलिस कमिश्नरेटको आसनसोलस्थित पुलिस मुख्यालयमा एक समन्वय बैठक आयोजना गरियो जसको अध्यक्षता आसनसोल-दुर्गापुरका पुलिस आयुक्त डा. प्रणब कुमारले पश्चिम बर्दवानका जिल्ला मजिस्ट्रेट एस पोन्नमबलमसित संयुक्त रूपमा गरे।

बैठकमा जिल्ला सीएपीएफ बल समन्वयक, जिल्लामा तैनाथ सीएपीएफका कम्पनी कमाण्डरहरू औ अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। यस सत्रको मुख्य उद्देश्य आगामी विधानसभा चुनाउको तयारीहरूको समीक्षा गर्नुथ्यो जसमा केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ)-हरूको प्रभावकारी तैनाथी तथा उपयोगमाथि विशेष बल दिइयो।

चुनालाई सुचारू एवं शान्तिपूर्ण ढंगमा संचालन गर्नको लागि कानून व्यवस्थालाई कायम राख्न, मतदाताहरूको सुरक्षा सुनिश्चित गर्न अनि नागरिक र सुरक्षा एजेन्सीहरूबीच समन्वय स्थापित गर्नेसित सम्बन्धित प्रमुख रणनीतिहरूमाथि चर्चा गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande