इन्द्रहाङ सुब्बाले सिक्किम अनि पूर्वोत्तरको रूपान्तरणकारी विकास प्रकाश पारे, नेतृत्त्व अनि शासन पहलको गरे प्रशंसा
indra hang subba


नयाँ दिल्ली, 23 मार्च (हि.स.)। सिक्किमबाट लोकसभा सांसद इन्द्रहाङ सुब्बाले देशको सिक्किम अनि पूर्वोत्तर क्षेत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा विशेष गरी बितेका केही वर्षमा कनेक्टिभिटी, पूर्वधार, शासन अनि समावेशी विकास लगायतका क्षेत्रमा देखिएको रूपान्तरणकारी परिवर्तन प्रकाश पारेका छन्। उक्त जानकारी आज पीआईबीले दिएको छ।

सिक्किमको प्रतिनिधित्त्व गर्नमा गर्व गर्दै हिमालयको काखमा अवस्थित सानै भए पनि गौरवपूर्ण राज्य रहेको बताए। देशव्यापी रूपमा उल्लेखनीय परिवर्तन ल्याएकोमा उनले नेतृत्त्वप्रति आभार, गर्व अनि श्रद्धाभाव व्यक्त गरे। सिक्किमका जनमानसले यसअघि सामना गर्नुपरेका चुनौतीहरूको स्मरण गर्दै सुब्बाले केही समय अघिसम्म पहाडी मार्ग हुँदै धेरै कठिन यात्रा गर्नुपर्ने बताए। धेरै लामो अवधिमा र विशेष गरी आपातकालको स्थितिमा सिक्किम रहल देशबाट पृथक बन्ने हुँदा कनेक्टिभिटीका साथै आवश्यक सेवासम्मको पहुँच चुनौतीपूर्ण हुने गरेको उनले बताए।

हालका वर्षमा गरिएको प्रगतिबारे बोल्दै पाकिमस्थित सिक्किमको पहिलो हवाई अड्डाको स्थापनापछि कनेक्टिभिटीमा उल्लेखनीय सुधार आएको उनले स्पष्ट पारे। यस विकासक्रमले यात्राको समय घटाउनका साथै सुगम्यता बढाउन लगायत आर्थिक विकासका साथमा जनमानसको जीवनस्तरमा सुधार ल्याएको उनले बताए। जनसेवा अनि शासनको बृहत्तर यात्राका रूपमा यो विकास रहेको उल्लेख गर्दै लामो समयदेखि जनसेवामा रहेका प्रधानमन्त्रीको कार्यकालले राष्ट्रनिर्माणप्रति प्रतिबद्धता अनि समर्पण झल्काउने उनले बताए। प्रधानमन्त्रीको शासनमा विस्तृत अनुभवले अविराम अनि केन्द्रित नीति कार्यान्वयनमा योगदान पुऱ्याएको उनले उल्लेख गरे।

प्रधानमन्त्री मोदीको नेतृत्त्वमा सरकारको विकास कार्यक्रममा पूर्वोत्तर क्षेत्र केन्द्रविन्दु बनेको उल्लेख गर्दै प्रधानमन्त्रीले क्षेत्रमा 70 भन्दा धेरै दौडाहा गरी प्रगतिमा संलग्नता अनि प्रतिबद्धता प्रदर्शित गर्दैआएको सुब्बाले बताए। दिगो रूपमा ध्यान केन्द्रित गर्नुको परिणामस्वरूप पूर्वाधार विकासमा वृद्धिका साथणा कनेक्टिभिटीमा सुधार अनि सम्पूर्ण देशसँग पूर्वोत्तरको व्यापक एकिकरण सम्भव भएको उनले बताए।

समावेशी विकासको महत्त्वमाथि बल दिँदै सरकारले विकास प्रक्रियामा सुदूर अनि सीमावर्ती इलाकाहरूपछि नपर्ने सुनिश्चित गर्न अनेकौं पहल गरेको सुब्बाले बताए। यी प्रयासहरूले पूर्वोत्तरको व्यापक सम्भावना उजागर गर्नका साथै राष्ट्रिय मूलधारा नजिक ल्याउन सम्भव बनाएको उनले दाबी गरे।

दुवै भौतिक अनि डिजिटल कनेक्टिभिटीमा सुधारले सिक्किम लगायत पूर्वोत्तरको विकासलाई अघि बढाउन महत् भूमिका खेलेको सांसद सुब्बाले बताए। उत्तम पूर्वाधारले पर्यटन, व्यापार अनि निवेश सुगम बनाउँदै आर्थिक विकास अनि रोजगार सिर्जनाका लागि नयाँ अवसर सिर्जना गरिरहेको उनले उल्लेख गरे। क्षेत्रमा आएको परिवर्तन पूर्वाधारमा मात्र सीमित नरहेर यो शासन अनि सेवा आपूर्तिसम्म विस्तारित रहेको सुब्बाले स्पष्ट पारे। प्रसासनिक कुशलतामा सुधारका साथमा केन्द्रित नीतिगत हस्तक्षेपको कारण जनमानसबाट उत्तम परिणाम ल्याउन योगदान पुऱ्याएको उनले बताए।

राष्ट्र विकासको व्यापक दृष्टिकोणबारे उल्लेख गर्दै समावेशी अनि सतत प्रगतिको निम्ति सन्तुलित क्षेत्रीय विकासको आवश्यकतामाथि उनले जोड दिए। पूर्वोत्तरमाथि ध्यान केन्द्रित गर्नुले देशको सबै क्षेत्रको समान विकास सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता झल्काउने सुब्बाले बताए।

सिक्किम अनि पूर्वोत्तरको विकास यात्राले “सेवा” भावना प्रतिबिम्बित गर्ने उल्लेख गर्दै यो शासनको निम्ति केन्द्रिय रहेको उनले बताए। हालसम्म हासिल प्रगति आम नागरिकको जीवनमा सुधार ल्याउने समर्पित प्रयासको प्रमाण रहेको उनले उल्लेख गरे।

आफ्नो सम्बोधन समापन गर्दै सिक्किम अनि पूर्वोत्तर क्षेत्रको विकासप्रति सरकारको प्रतिबद्धता निरन्तर रहने कुरा उनले पुष्टि गरे। पूर्वाधार, कनेक्टिभिटी अनि शासनमाथि सतत रूपमा ध्यान केन्द्रित गर्दै विकासलाई गति दिई जनमानसलाई दीर्घकालीन फाइदा पुऱ्याउने कुरामा उनले आशा व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande