विद्या भारती सिक्किमको रजत जयन्ती समारोहमा शिक्षा मन्त्री मुख्य अतिथि
विद्या भारती सिक्किमको रजत जयन्ती वर्ष समारोह


गान्तोक, 23 मार्च (हि.स.)। विद्या भारती सिक्किमले गुणात्मक एवं संस्कारित शिक्षाको क्षेत्रमा आफ्नो समर्पित सेवाको 25औं वर्षगॉंठ भव्य रूपमा मनाउने भएको छ। यस क्रममा संगठनले आगामी 27 मार्च, 2026 का दिन रजत जयन्ती वर्ष समारोह आयोजना गरिरहेको छ। यस समारोहको आयोजना रानीपुल नजिक मार्चकस्थित केन्द्रिय कृषि विश्वविद्यालयको प्रेक्षागृहमा गरिने विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले बताएका छन्।

समारोहमा सिक्किम सरकारको शिक्षा विभाग मन्त्री राजु बस्नेत मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन्। यसरी नै समारोहमा विद्या भारतीको अखिल भारतीय संगठन मन्त्री गोविन्द चन्द्र महन्तको विशेष उपस्थिति रहनेछ।

संयोजक शर्माले समारोहलाई भव्यताका साथ सम्पन्न गर्न युद्धस्तरमा तयारी चलिरहेको बताए। समारोहमा सिक्किम लगायत दार्जिलिङमा विद्या भारती सिक्किमद्वारा सञ्चालन भइरहेका विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय सञ्चालन समितिका पदाधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित रहनेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande