
नयाँ दिल्ली, 25 मार्च (हि.स.)। कांग्रेससहित विपक्षी सांसदहरूले संसद भवन परिसरमा रसोई ग्यास (एलपीजी) को अभावको विरोध गर्दै प्रदर्शन गरेका छन्। सांसदहरूले मकर द्वारमा खाली सिलिन्डरका तस्वीरहरू देखाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए।
विरोध प्रदर्शनमा मल्लिकार्जुन खरगे, मनीष तिवारी, मणिकम टैगोर, मीसा भारती तथा धर्मेन्द्र यादव लगायतका धेरै विपक्षी सांसदहरू सहभागी थिए।
सांसदहरूले हातमा ठूलो ब्यानर बोकेका थिए, जसमा ‘खाली सिलिन्डर, खाली वाचा’ लेखिएको थियो। विपक्षी सांसदहरूले देशभर एलपीजीको गम्भीर अभाव भइरहेका बेला सरकारले तुरुन्त कदम चालेर ग्यास आपूर्ति सामान्य बनाउन माग गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी