दिल्लीमा ग्यास सिलेन्डर कालोबजारीको पर्दाफास, चार पक्राउ
ग्यास


नयाँ दिल्ली, 25 मार्च (हि.स.)। पश्चिम एशियामा विगत 26 दिनदेखि जारी सैन्य द्वन्द्वका कारण देशभरि खाना पकाउने ग्यास सिलेन्डरको आपूर्तिमा अवरोध आएको रिपोर्टहरूबीच दिल्ली पुलिसको अपराध शाखाले बुधवार संगम विहार क्षेत्रमा ग्यास सिलेन्डर कालोबजारी विरुद्ध ठूलो कारबाही शुरु गर्दै 183 सिलेन्डर जफत गरेको छ। यस घटनामा पुलिसले चार जना अभियुक्तलाई पक्राउ गरेको छ र उनीहरूसँग सोधपुछ जारी छ।

पुलिस अनुसार, एन्टी नारकोटिक्स टास्क फोर्सले दिल्लीको संगम विहार क्षेत्रमा ग्यास सिलेन्डरको अवैध भण्डारण र रिफिलिङको बारेमा जानकारी प्राप्त गरेको थियो। यसपछि सहायक पुलिस आयुक्त सतेन्द्र मोहनको निगरानीमा पुलिस निरीक्षक महिपाल सिंहको नेतृत्वमा टोलीले तीन अलग-अलग स्थानमा छापा माऱ्यो। ग्यास सिलेन्डर अवैध रूपमा भण्डारण र रिफिलिङ गरेको आरोपमा शेर सिंह, सुरज परिहार, रघु राज सिंह र जितेन्द्र शर्मालाई घटनास्थलबाट पक्राउ गरियो। पुलिसले कूल 183 सिलेन्डर जफत गरेको छ, जसमध्ये 154 भरिएका थिए र 29 खाली थिए। घटनास्थलबाट फलामका पाइप, इलेक्ट्रोनिक स्केल र अन्य उपकरणहरू पनि जफत गरिएको छ।

अनुसन्धानबाट पत्ता लागेको छ कि सबै अभियुक्तहरू इन्डेन ग्यास एजेन्सीका रजिस्टर्ड डेलिभरी एजेन्टहरू हुन् र संगम विहार क्षेत्रमा ग्यास आपूर्ति गर्छन्। एजेन्सीबाट सिलिन्डरहरू उठाएपछि अभियुक्तहरूले ग्राहकहरूलाई डेलिभर गर्नुको सट्टा भाड़ाको गोदामहरूमा भण्डारण गर्थे। त्यसपछि उनीहरूले भरिएका सिलेन्डरहरूबाट एकदेखि दुई किलोग्राम ग्यास निकाल्थे, खाली सिलेन्डरहरू भर्थे र खुला बजारमा तोकिएको मूल्यभन्दा बढ़ी मूल्यमा बेच्थे। अभियुक्तहरूले यस कालोबजारीबाट पर्याप्त नाफा कमाइरहेका थिए।

पुलिसले यो सम्पूर्ण प्रक्रिया अत्यन्तै खतरनाक भएको र कुनै पनि समयमा ठूलो दुर्घटना हुनसक्ने बताएको छ। सबै अभियुक्तहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान भइरहेको छ। पुलिस अधिकारीले यस्ता गैरकानूनी गतिविधिहरू विरुद्ध कड़ा कारबाही जारी रहने बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande