सोनिया गान्धी अस्पतालमा भर्ती, अवस्था स्थिर
सोनिया गान्धी अस्पतालमा भर्ती, अवस्था स्थिर


नयाँ दिल्ली, 25 मार्च (हि.स.)। पेटमा संक्रमणको गुनासो गरेपछि पूर्व कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई मंगलवार राति दिल्लीको सर गंगा राम अस्पतालमा भर्ती गरियो। डाक्टरहरू अनुसार, उनको अवस्था हाल स्थिर छ।

बुधवार अस्पतालले जारी गरेको बुलेटिन अनुसार, सोनिया गान्धीलाई मंगलवार राति 10.22 बजी सर गंगा राम अस्पतालमा भर्ती गरिएको थियो।

अस्पतालका अध्यक्ष डा. अजय स्वरूपले एक विज्ञप्ति जारी गर्दै डाक्टरहरूले उनको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्। उनको पेट र पिसाब नलीमा सम्भावित संक्रमणको जाँच सहित विस्तृत जाँच भइरहेको छ। उपचार अन्तर्गत उनले एन्टिबायोटिक्स लिइरहेकी छन्। अस्पतालको एक विशेषज्ञ टोलीले उनको निगरानी गरिरहेको छ र आवश्यक चिकित्सा हेरचाह प्रदान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande