
नाम्ची, 27 मार्च (हि.स.)। सिक्किम विज्ञान तथा प्रविधि संस्थान (एसआईएसटी) को रसायन विज्ञान विभागकी सहायक प्राध्यापक डा. परिता बस्नेतलाई अखिल भारतीय प्राविधिक शिक्षा परिषद् (एआईसीटीई) को शोध प्रवर्द्धन योजना अन्तर्गत प्रतिष्ठित शोध अनुदान प्रदान गरिएको छ। यस अन्तर्गत 35 लाख रूपियॉंको स्वीकृत अनुदानले शोध परियोजनालाई समर्थन गर्नेछ।
सिभिल इन्जिनियरिङ विभागका सहायक प्राध्यापक डा. कर्मा हिस्से लेप्चाले यस अन्तरविषय शोध पहलमा सह-अन्वेषकको रूपमा योगदान पुर्याउने बताइएको छ। यो महत्त्वपूर्ण उपलब्धिले एसआईएसटीका प्रधानाध्यापक एवं निर्देशक प्रो. (डा.) बीबी प्रधानको मार्गदर्शन र देखरेखमा बढाइएको निरन्तर शैक्षिक उत्कृष्टतालाई प्रतिबिम्बित गर्दछ, जसको शोध नेतृत्वले यस सफलतामा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
संस्थाले डा. बस्नेत र डा. लेप्चालाई हार्दिक बधाई दिॅंदै यस शोधमा सफलताको कामना गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल