आईटीबीपीका जवानहरूले गर्भवती महिलालाई अस्पतालमा पुऱ्याए
आईटीबीपीका जवानहरूले गर्भवती महिलालाई अस्पतालमा पुऱ्याए


नारायणपुर, 28 मार्च (हि.स.)। जिल्लामा तैनाथ आईटीबीपीका जवानहरूलाई सूचना प्राप्त भयो, ग्राम बोटेरकी एकजना गर्भवती महिलाको अवस्था गम्भीर छ। गाउँमा न सड़क, न अस्पताल न त तत्काल चिकित्सा सुविधा उपलब्ध छ, त्यसैले एक मिनट ढिलो भयो भने पनि प्राणघातक साबित हुनसक्थ्यो।

सूचना पाउनसाथ आईटीबीपीको 29औं बटालियनका कमाण्डेन्टको निर्देशनमा सहायक कमाण्डेन्ट अनिल कुमारको नेतृत्वमा एक तत्काल कारबाही दललाई प्रस्थान गराइयो।

जंगलहरूले घेरिएको यस क्षेत्रमा कुन सोझो बाटो थिएन। जवानहरूलाई ढुङ्गे उकालो-ओह्रालो बाटो हुँदै गुज्रिनु पऱ्यो। गाउँमा पुगेपछि स्थिति अझ् गम्भीर थियो। महिला हिँड़्न सक्ने अवस्थामा थिइन। यस्तै अवस्थामा पनि जवनहरूले सथानीय संसाधनहरूको मद्दतले तत्काल एउट स्ट्रेचर बनाए। त्यसपछि शुरू भयो वास्तविक संघर्ष- लगभग 5 किलोमीटर पैदल यात्रा, काँधमा जिन्दगीको भार तथा अगाड़ि जंगल-पहाड़को कठिन चुनौती।

फोटोमा स्पष्ट रूपमा देख्न सकिन्छ, जवानहरूले कसरी पालै-पालो गर्दै स्ट्रेचर बोके, रेस्क्यू टीमले महिलालाई बोटेर र कुदमेलबीच निर्धारित पोइन्टसम्म पुऱ्यायो जहाँ पहिलाबाटै एम्बुलेन्स तयार थियो। त्यसपछि महिलालाई तत्काल सामुदायिक स्वास्थ्य केन्द्र, ओरछामा पुऱ्याइयो। डाक्टरहरूको निगरानीमा शुरू गरियो। खुशीको कुरा, आमा-शिशु दुवै सुरक्षित छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande