
ग्वालपाड़ा (असम), 28 मार्च (हि.स.)। आसन्न चुनावी परिदृश्यबीच ग्वालपाड़ा पश्चिम विधानसभा क्षेत्रमा शनिवार एक महत्वपूर्ण राजनीतिक घटना घटेको प्रकाशमा आएको छ जहाँ आयोजित एक सामेलिकीरण कार्यक्रममा कंग्रेसका पचास जनाभन्दा अधिक कार्यकर्ताहरू भारतीय जनता पार्टी (भाजपा) मा सामेल भए।
यस कार्यक्रममा भाजपाका वरिष्ठ नेता औ स्थानीय पदाधिकारीहरू उपस्थित थिए जसले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरे। यस अवसरमा ठूलो संख्यामा पार्टी कार्यकर्ता तथा स्थानीय मानिसहरूको व्यापक उपस्थितिले क्षेत्रमा भाजपाप्रति बढ़्दो समर्थन तर्फ संकेत गरिरहेको थियो।
भाजपामा भएका कार्यकर्ताहरूले भने, उनीहरू पार्टीको नीति, नेतृत्व एवं विकासको एजेण्डाबाट प्रभावित भएर भाजपामा सामेल भएका हुन्। उनीहरूले कंग्रेसलाई लक्षित गर्दै आरोप लगाए, यो पार्टी धरातलीय स्तरमा दिशा तथा नेतृत्व दिन विफल भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा नेताहरूले भने, यति धेरै संख्यामा कंग्रेस कार्यकर्ताहरू सामेल हुनाले ग्वालपाड़ा पश्चिममा पार्टी संगठन अझ मजबुत हुनेछ। उनीहरूले यसलाई जनसमर्थनमा बदलाउको संकेत बताउँदै आगमी चुनाउमा भाजपाको जीत निश्चित रहेको दाबी गरे।
नेताहरूले यो पनि दोहोऱ्याए, भाजपा सबै वर्गको समावेशी विकास तथा श्रेष्ठ शासनको लागि प्रतिबद्ध छ र यसै दिशामा निरन्तर कार्य गरिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा