
गान्तोक, 28 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग शिष्टाचार भेट गरी उनको सुस्वास्थ्यको कामना गरेका छन्। राज्यपाल आचार्य हाल सिलगढीमा एक कार्यक्रममा सहभागी बन्न आएको उनले आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्।
मुख्यमन्त्रीले सिक्किमको राज्यपालको रूपमा आचार्यले सरकार र राज्यका जनता दुवैका लागि एक मार्गदर्शक शक्ति र अभिभावकको भूमिका निर्वाह गरेको बताएका छन्। उनले राज्यपाल आचार्यको बुद्धिमत्ता, न्यानोपन र सार्वजनिक सेवाप्रतिको दृढ़ प्रतिबद्धताले सिक्किमवासीहरू सबैमा स्थायी छाप छोडेको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले राज्यपालसॅंगको अन्तरक्रिया सौहार्दपूर्ण र ज्ञानवर्धक रहेको तथा विचारहरू आदानप्रदान गर्न पाउनु सुखद अनुभव थियो भनी बताएका छन्। उनले राज्यपालको निरन्तर सुस्वास्थ्य र आफ्ना दायित्वहरूको निर्वहनमा सफलताको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल