आफ्नो जीतप्रति आशावादी भाजपा प्रार्थी सोनाम लामा
आफ्नो जीप्रति आशावादी भाजपा प्रार्थी सोनाम लामा


- खरसाङ क्षेत्रको विकासको लागि काम गर्ने योजना

खरसाङ, 28 मार्च (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीका उम्मेदवार सोनाम लामाले आफ्नो जीतप्रति आफु आशावादी रहेको बताएका छन्। उनले आज खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै आफु लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दै आएको र आफुलाई सबैको साथ रहकाले आफ्नो जीतप्रति विश्वस्त रहेको बताए।

उनले भने, खरसाङ क्षेत्रमा पर्यटन पूर्वाधार विकासित गराउन र खरसाङलाई व्यवस्थित गराउन काम गर्नेछु। ट्राफिक व्यवस्थापनलाई लिएर पार्किङको समस्या समाधान गर्न काम गर्ने साथै यस विषयमा पाइलट प्रोजेक्ट तयार पारेर काम गर्ने योजना छ। खरसाङ क्षेत्रमा देखिएको पार्किङको समस्या समाधान गर्न र चालकहरुको पक्षमा काम गर्ने छु। उनले खरसाङ बजार लगायत मिरिक, सुकना पानिघट्टा, सिटोङ, सेवक, टिस्टाभेल्ली, तकदाह, पेशोक, मङ्पु लगायत विभिन्न स्थानहरुमा काम गर्ने योजना रहेको बताए।

लामाले जनताका हरेक समस्या समाधानको लागि यसपाली बंगालमा परिवर्तन आवश्यक रहेको बताउॅंदै उत्तर बंगालबाट पाँचजना विधायकहरु निर्वाचित भएपछि सबै मिलेर जातीय मुद्दा पनि विधानसभामा उठाउने बताए। उनले आफ्नो लामो राजनीतिक यात्रा र कामलाई हेरेर भाजपा जस्तो ठूलो राजनीतिक दलले आफुलाई मौका दिएको बताए। उनले जातीय मुद्दा आफ्नो मन मुटुमा रहेको र यसतर्फ कार्य गर्न आफु सदैव तयार रहेको बताए।

एक प्रश्नको उत्तरमा उनले भने, विपक्षीको कुनै मुद्दा नभएर एसआईआरको मुद्दा उठाइरहेको छ। एसआईआर भाजपाले होइन, तर चुनाउ आयोगले लोकतान्त्रिक प्रक्रिया अनुसार गरेको हो। निष्पक्ष र स्वच्छ भोटर लिस्टको लागि चुनाउ आयोगले एसआईआर लागू गरेको हो। एसआईआरलाई लिएर जनता आतिनु पर्दैन। उनले अघि भने, खरसाङ क्षेत्रका जनता परिवर्तनको लागि उत्साहित छन् र म जितेपछि जनताको लागि काम गर्न सदैव तत्पर रहनेछु। उनले आगामी दिनहरूमा घर घरसम्म पुगेर चुनाउ प्रचार गर्ने बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande