मुख्यमन्त्रीले पहाडी माता मन्दिरमा पूजा-अर्चना गरे
मुख्यमन्त्रीले पहाडी माता मन्दिरमा पूजा-अर्चना गरे


गान्तोक, 28 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज रामनवमीको शुभ अवसरमा पहाडी माता मन्दिरमा पवित्र पूजामा सहभागी बने। उनले सिक्किमका जनताको शान्ति, समृद्धि र कल्याणका लागि प्रार्थना गरे। मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त जानकारी गराएका छन्।

मुख्यमन्त्रीले भने, 'रामनवमीको शुभ अवसरमा आज पहाडी माता मन्दिरमा पवित्र पूजामा उपस्थित हुने सौभाग्य प्राप्त भयो। शान्त र आध्यात्मिक रूपमा उत्थानदायी वातावरणमा मैले सिक्किमका जनताको शान्ति, समृद्धि र कल्याणको लागि हार्दिक प्रार्थना गरे।'

मुख्यमन्त्रीले पहाडी माताको दिव्य आशीर्वादले सद्भाव र प्रगतिलाई बढावा दिॅंदै सिक्किम र राज्यका जनतालाई मार्गदर्शन र सुरक्षा प्राप्त भइरहोस् भनी कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande