
गान्तोक, 28 मार्च (हि.स.)। पश्चिम सिक्किमको योक्सममा आगामी 2 मईका दिन 'जेबीजी गोचेला ट्रेल अल्ट्रा' आयोजना हुने भएको छ। सिक्किममा आईटीआरए अङ्क प्रदान गर्ने यो एकमात्र दौड हो भने यसले विश्वव्यापी ट्रेल रनिङ च्याम्पियनशिपको लागि एक छनोटको रूपमा काम गर्दछ।
जेबीजी एन्डुरा रेसद्वारा आयोजना गरिने यस कार्यक्रम अन्तर्गत कुल तीन वर्ग 12 किलोमिटर, 30 किलोमिटर र 50 किलोमिटर दौड सम्पन्न गरिने छन्। यी दौडहरू कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज हुँदै उच्च-उचाइ भू-भागमा हुनेछन्। इच्छुक व्यक्तिहरूलाई आयोजक संस्थासॅंग अथवा म्याराथन म्यान अफ् सिक्किम अमर सुब्बासॅंग सम्पर्क गर्न आह्वान गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल