रानीगञ्जमा माटो धसिएर प्रभावित भएका परिवारहरूलाई ममता ब्यनर्जीले फ्ल्याट र क्षतिपूरण दिने घोषणा गरिन्
रानीगञ्जमा माटो धसिएर प्रभावित भएका परिवारहरूलाई ममता ब्यनर्जीले फ्ल्याट र क्षतिपूरण दिने घोषणा गरिन्


आसनसोल, 28 मार्च (हि.स.)। मुख्यमन्त्री ममता ब्यनर्जीले शनिवार पश्चिम बर्दवानको अंडाल (खांद्रा फुटबल ग्राउण्ड)- मा आयोजित एक जनसभामा चुनाउ आयोग र भाजपामाथि चर्को प्रहार गरिन्। साथै रानीगञ्जमा माटो धसिएर प्रभावित भएको क्षेत्रको निम्ति उनले ठूलो घोषणा गरिन्।

उनले भनिन्, राज्य सरकारले प्रभावित मानिसहरूलाई पुनर्वासको लागि 10 लाख रुपियाँ र दुई वटा फ्ल्याट दिनेछ। अहिलेसम्ममा 7 सय कड़ोर रुपियाँको लागतमा 6 हजार फ्ल्याट बनाइसकिएको छ भने 4 हजार थप फ्ल्याट निर्माणाधिन छन्। उनले मानिसहरूसित अपील गरदै भनिन्, ज्यान सबैभन्दा मूल्यवान छ, त्यसले जोखिमपूर्ण स्थानदेखि सुरक्षित स्थानमा स्थानान्तरण हुनुपर्छ।

राजनीतिक प्रहारलाई अझ चर्को बनाउँदै ममताले भनिन्, प्रशासन हाल चुनाउ आयोगको नियन्त्रणमा छ, त्यसैले केही मामिलाहरूमा राज्य सरकारले सोझै हस्तक्षेप गर्न सकिरहेको छैन। रानीगञ्जबाट तृणमूल कंग्रेस उम्मेद्वार कालोवरण मण्डलको समर्थनमा आयोजित सभामा मुख्यमन्त्रीलाई धेरै आक्रमक देखिन्थ्यो।

उनले निर्वाचन आयोगमाथि आरोप लगाइन्, अधिकारीहरूलाई अपदस्थ गरेर माहोल बिगारियो। मुख्यमन्त्रीले रघुनाथगञ्जमा आयोजित रामनवमी जुलूसमा भएको झड़पको लागि भाजपासँगसँगै चुनाउ आयोगलाई पनि जिम्मेवार ठहराउँदै भनिन्, हतियारहरूको साथमा जुलूस निकालियो, तर कुनै ठोस कारबाह गरिएन।

सभा अवधि ममता ब्यनर्जीले आफ्नै पार्टीका नेता हरेराम सिंहलाई पनि सार्वजनिक रूपमा हप्काइन्। मुख्यमन्त्रीले उनको छोरा रातो बत्तीयुक्त वाहनमा घुमेकोमा रोष व्यक्त गर्दै स्पष्ट रूपमा भनिन्, यस किसिमको कृत्यलाई सहन गरिनेछैन। मुख्यमन्त्री ममता ब्यनर्जीले स्पष्ट सन्देश दिइन्, तृणमूल कंग्रेसमा अनुशासन सर्वोपरी हो। कुनै पनि नेतालाी विशेषाधिकारको दुरूपयोग गर्ने अनुमति दिइनेछैन। यस कठोर कदमले स्पष्ट संकेत गरिरेहको थियो कि चुनावी माहोलमा पार्टी आफ्नो छविलाी लिएर अत्यन्त सतर्क छ र कुनै पनि विवादमा पर्न चाहँदैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande