
सुपौल, 28 मार्च (हि.स.)। जिल्लाको त्रिवेणीगञ्ज प्रखण्डको जदिया पञचायत अन्तर्गत फुलकाहा वार्ड- 21 मा शनिवार बिहान अचानक भीषण आगलागी भयो जसबाट चार परिवारको पाँच वटा घर जलेर खरानी भयो। आगो द्रूत गतिमा फैलिएको कारणले मानिसहरूले आफूलाई सम्हाल्ने अवसर समेत पाएनन्। हेर्दा-हेर्दै आगोले सबै कुरा खरानी बनाइदियो।
यस पीड़ादायी घटनामा गोसाय शर्मा, मिथलेश शर्मा, पप्पू शर्मा औ खट्टर शर्माको घर पूर्ण रूपमा जलेको छ। आगोले यी परिवारहरूको वर्षौंको जमा पूँजीलाई क्षणभरमै स्वाहा बनाइदिएको छ। आगलागीमा लगभग 70 हजार रुपियाँ नगद, दुई वटा साइकल, अन्न, भाँड़ाकुरा, फर्नीचर, कपड़ा तथा महत्वपूर्ण दस्तावेजहरू जलेर नष्ट भयो। पीड़ित परिवारहरू समक्ष अब बस्ने-खानेको गम्बीर संकट उत्पन्न भएको छ।
आगलागीको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। आशंका व्यक्त गरिँदैछ, चुलाबाट निक्लेको झिल्को वा बिजुलीको शर्ट सर्किट आगलागीको काणर हुनसक्छ। तथापि आधिकारिक रूपमा यसको पुष्टि भएको छैन।
आगो लागेपछि ग्रामीणहरूले एकजुट भएर आगोलाई निभाउने प्रयास गरे। अ्न्ततः कड़ा परिश्रम गरेर आगोलाई निभाए। सूचना पाउनसाथ दमकल कर्मीहरू घटनास्थलमा आएको भए पनि गाउँसम्म पुग्न सड़क नभएको कारणले दमकल वाहन घटनास्थलसम्म पुग्न सकेन जसबाट राहत कार्य प्रभावित भयो। घटनापछि पीड़ित परिवारको रोएर बेहाल भएको छ।
ग्रामीणहरूले प्रशासनसित शीघ्र क्षतिपूर्ति दिने तथा गाउँमा सड़क सुविधा बहाल गरने माग गरेका छन् ताकि भविष्यमा यस्ता घटनाहरूको प्रभावकारी ढंगमा सामना गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा