एक अप्रेलमा अभिषेक ब्यानर्जीको जनसभा राजगञ्जमा हुने
एक अप्रेलमा अभिषेक ब्यानर्जीको जनसभा राजगञ्जमा हुने


जलपाईगुड़ी, 28 मार्च (हि.स.)। विधानसभा चुनाउलाई लिएर उत्तर बंगालमा राजनीतिक गतिविधि तीव्र भएको छ। तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीले आगामी एक अप्रेलको दिन जिल्लाको राजगञ्जमा एक विराट जनसभालाई सम्बोधन गर्नेछन्। यो जनसभा तृणमूल कंग्रेसकी उम्मेद्वार स्वप्ना बर्मनको समर्थनमा आयोजना गरिँदैछ।

राजगञ्जको बिन्नागुड़ी ग्राम पञ्चायत अन्तर्गत सुदामगञ्ज क्षेत्रमा आयोजना भइरहेको उक्त सभालाई मध्यनजर गर्दै शनिवार जिल्ला तृणमूल कंग्रेसका चेयरम्यान खगेश्वर रायले सभास्थलमा पुगेर तयारीको जायजा लिए। उनीसित स्थानीय नेतृत्व पनि उपस्थित थिए। निरीक्षण अवधि मञ्च निर्माण, सुरक्षा व्यवस्था तथा हेलीप्याडका संभावनाहरूमाथि विस्तार पूर्वक चर्चा गरियो।

राजनीतिक विश्लेषकहरूको मान्यता छ, यो जनसभाले राजगञ्ज मात्र नभएर सम्पूर्ण उत्तर बंगालका चुनावी समीकरणहरूलाई प्रभावित पार्नसक्छ। तृणमूल कंग्रेसले यस ऱ्यालीको माध्यमबाट आफ्नो पकड़लाई मजबुत बनाउन तथा विपक्षलाई कड़ा चुनौती दिने तयारी गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande