रूपी र चन्दर सहित 19 जना नक्सलीहरूले आत्मसमर्पण गर्ने, काँकेर हुनेछ नक्सल मुक्त
रूपी र चन्दर सहित 19 जना नक्सलीहरूले आत्मसमर्पण गर्ने, काँकेर हुनेछ नक्सल मुक्त


कांकेर, 28 मार्च (हि.स.)। छत्तिसगढ़को काँकेर जिल्ला तय समय-सीमाभन्दा अगावै नक्सल मुक्त हुने दिशामा अग्रसर भएको छ। काँकेर पुलिस अनुसार जिल्लामा बचेका 19 जना नक्सलीहरूले आत्मसमर्पण गर्ने सम्भावना छ। यसमा डीवीसीएस चन्दर र एसीएम रूपी सहित काँकेरकी परतापुर एरिया कमिटीका सदस्यहरू सामेल छन्।

पुलिस एवं प्रशासन अनुसार यी 19 जना नक्सलीहरूले आत्मसमर्पण गरेपछि उत्तर बस्तरको काँकेर जिल्ला पूर्ण रूपले नक्सल मुक्त हुनेछ, किनभने क्षेत्रको कुनै पनि एरिया कमिटीमा अ्ब कुनै पनि सशस्त्र नक्सली बच्ने छैन।

परतापुर एरिया कमिटीका यी 19 जना नक्सलीहरू अबुझमाड़ र काँकेरको नक्सल प्रभावित क्षेत्रमा लुकेर बसेका थिए। यिनीहरू कोइलीबेड़ाको बाटो भएर काँकेर जिल्ला मुख्यालय आइपुग्ने जानकारी पुलिस सूत्र मार्फत थाहा लागेको छ। आत्मसमर्पण गर्नेहरूमा महिला नक्सली रूपीको नाम प्रमुख छ जो स्टेट कमिटी मेम्बर (एससीएम) विजय रेड्डीकी पत्नी हुन्। एससीएम विजय रेड्डी राजनान्द गाउँ र पछि मोहला-मानपुर-चौकी जिल्लामा भएको भिड़न्तमा मारिएका थिए।

विजय रेड्डीकी पत्नी रूपीको बारेमा पुलिस प्रशासनद्वारा बताइएको छ, तिनले उत्तर बस्तर काँकेरमा नक्सलीहरूलाई आत्मसमर्पण गर्नदेखि रोकिरहेकी थिइन्, तर तय समय-सीमा नजिकिँदै जानको साथै काँकेरमा पछिल्लो दुई दिनभित्रमा 6 जना नक्सलीहरूले आत्मसमर्पण गरिसकेका छन् जसमा आरकेबी डिभीजनका पाँच जना औ डीवीसीएम ऱ्याककी एक जना महिला नक्सली सामेल छन्। काँकेरमा सुरक्षा बलहरूको बढ़्दो दबावको कारण उत्तर बस्तरमा नक्सल संगठन पूर्ण रूपले चकनाचुर भएको छ जसको परिणामस्वरूप रहल नक्सलीहरूले पनि चाँड़ै आत्मसमर्पण गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande