जोजिला पासमा हिमपैह्रो, वाहन पुरिएर सात जनाको मृत्यु, बचाउ अभियान जारी
जोजिला पासमा हिमपैह्रो, वाहन पुरिएर सात जनाको मृत्यु, बचाउ अभियान जारी


श्रीनगर/लेह, 28 मार्च (हि.स.)। जोजिला पासमा भएको घातक हिमपैह्रोपछि स्थिति झन् सोचनीय भएको छ। नवीनतम जानकारी अनुसार मृतकहरूको संख्या बढ़ेर सात पुगेको छ भने न्यूनतम पनि पाँचजना मानिसहरू घाइते भएका छन्। अधिकारीहरूले बताए, श्रीनगर-लेह राजमार्गको जीरो पोइन्ट निकट गएको हिमपैह्रोले केही वाहनहरूलाई आफ्नो चपेटमा लियो। पहिला एउटा मात्र यात्रु वाहन पुरिएको अनुमान लगाइएको थियो। हिमपैह्रोले राजमार्गमा गुड़िरहेका वाहनहरूको लस्करलाई पुरेपछि धेरै जना यात्रीहरू यसैभित्र पुरिए।

सेना, पुलिस औ सीमा सड़क संगठन (बीआरओ)- का टीमहरूले युद्धस्तरमा बचाउ अभियान संचालन गरिरहेका छन्। अहिलेसम्ममा सात वटा शव निकालिएको छ भने घाइतेहरूलाई उपचारको निम्ति नजिकैको चिकित्सा केन्द्रमा पुऱ्याइएको छ। अधिकारीहरूले आशंका व्यक्त गरेका छन्, अहिले पनि धेरै जना पुरिएको हुनसक्छ जसले गर्दा मृतकहरूको संख्या बढ्नसक्छ।

यसबीच भारी हिमपात तथा अवशेषहरू थुप्रिएको कारणले श्रीनगर-लेह राजमार्ग यातायातको लागि बन्दछ। ताजा हिमपात र हिमपैह्रोको जोखिम सहित प्रतिकूल मौसमको स्थितिले भइरहेको बचाउँ अनि सफाई कार्यहरूमा गम्भीर चुनौती उत्पन्न गरिरहेको छ। अधिकारीहरूले यात्रीहरूलाई सल्लाह जारी गरी स्थिति सामान्य नहुञ्जेलसम्म यस मार्गमा यात्रा नगर्ने निर्देश दिएका छन्। बचाउ दलले खोजी अभिानलाई जारी राखेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande