
गुवाहाटी, 28 मार्च (हि.स.)। असम प्रदेश भाजपाका अध्यक्ष एवं सांसद दिलीप सैकियाले पार्टी विरोधी गतिविधिहरूमा सामेल नौ जना कार्यकर्ताहरूलाई भाजपाको प्राथमिक सदस्यताबाट 6 वर्षका लागि निलम्बित गरिदिएका छन्।
प्रदेश महासचिव अनुप बर्मनद्वारा हस्ताक्षरित एक आदेशमा बताइएको छ, असम विधानसभा चुनाउ- 2026 लाई मध्यनजर गर्दै असम प्रदेश भाजपाद्वारा मनोनित उम्मेद्वारविरूद्ध चुनाउ मैदानमा उत्रेका कार्यकर्ताहरूविरूद्ध पार्टी संविधानको धारा XXV-9 अन्तर्गत असम प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले आगामी आदेश नआउञ्जेलसम्म तत्काल प्रभावबाट आगामी 6 वर्षसम्मको लागि पार्टीबाट निलम्बित गरिदिएका छन्।
निलम्बित भाजपा कार्यकर्ताहरूमा बरपेटा विधानसभा क्षेत्रबाट उद्धव दास, दिसपुर विधानसभा क्षेत्रबाट जयन्त कुमार दास, कलियाबर विधानसभा क्षेत्रबाट जितेन्द्रजित गौर, बरखला विधानसभा क्षेत्रबाट अमरेन्दु दास, ग्वालपारा पश्चिम विधानसभा क्षेत्रबाट धनजित राभा, बंगाईगाउँ विधानसभा क्षेत्रबाट चक्रधर दास, बरपेटा विधानसभा क्षेत्रबाट गगन चन्द्र हालोई, कमलपुर विधानसभा क्षेत्रबाट अंकुल दास औ लामडिंग विधानसभा क्षेत्रबाट यशोदा दुलाल (श्यामल) रक्षित सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा